NewsKoseli.Com

विदेसिनेको व्यथा : कान्छी छोरी दस वर्षदेखि जापानमै बेपत्ता !

 

२०६५ वैशाख ११ गते ललितपुरको दमकलचोक निवासी सानुलाल महर्जनको परिवार कम्ति खुसी भएको थिएन । जापान जान खोजेकी कान्छी छोरी सविनाको इच्छा त्यस दिन पूरा भएको थियो ।

भाषामा निखार ल्याउने र केही रकम कमाउने भन्दै सविना २०६५ वैशाख ११ गते जापना उडेकी थिइन् । जाउलाखेलमा रहेको एक इन्स्टिच्युटमा एक वर्षभन्दा बढी भाषा सिकेकी १९ वर्षीया सविनाले सुरुमा भिसा पाउने पाउने निश्चित थिएन ।

जापान जान पाए भाग्य चम्किने भन्दै भिसा प्राप्तिका लागि उनले निकै दौडधुप गरेकी थिइन् । सविना जापान पुगेको १७ महिनासम्म सोचे अनुसारकै परिस्थिति रह्यो । तर, दुई वर्षपछि घर फर्कने भनिरहेकी सविना एक्कासि जापानमै हराएको खबर पाएपछि निराश भएका परिवारमा १० वर्ष बितिसक्दा पनि खुसी फर्कन सकेको छैन ।

‘छोरीको खोजीका लागि पटक–पटक मन्त्रालयदेखि जापनास्थित नेपाली राजदूतावास र जापानको प्रहरीसमक्ष निवेदन दिइसकेको छु’, सानुलालले भने– ‘अहिलेसम्म छोरीको अवस्था के भन्नेबारे कुनै जानकारी पाउन सकिएको छैन’– सानुलालकाे व्यथा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर