NewsKoseli.Com

पत्नी भन्छिन्- डिभोर्स दिन्छु, कहाँ छन् ‘सुन डन’ गोरे ?

 

गृह मन्त्रालयको छानबिनको अनुसन्धान विशेष टोलीले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) भारत हुँदै तेस्रो मुलुक भाग्न सक्ने अनुमान गरेको छ ।

सुन तस्करी प्रकरण र सनम हत्या झापासँग सीमा जोडिएको सिलीगुडी क्षेत्रमा प्रहरी परिचालन हुन सक्ने आशंका गरिएका कारण उप्रेती दुबई पुगेको हुन सक्ने अनुमान सुरक्षा अधिकारीहरुले गरेका हुन् । उप्रेतीसँग संलग्न रहेकाहरुले समितिमा बयान दिने क्रममा तस्करीको सुन जिम्मा लिएर भरियालाई विमानस्थलसम्म पठाउने काम गर्ने गरेको बताएका छन् ।

उनको खोजीमा इन्टरपोललाई जानकारी गराइसकिएको छ । ३४ जना फरार अभियुक्तको खोजिका लागी प्रहरीका फरक-फरक टोली खटाइएको छ । यसैबीच, सुन डन उप्रेतीसँग उनकी पत्नी निरु खरेल उप्रेतीले डिभोर्स दिने बताएकाे खबर शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर