NewsKoseli.Com

पाइपलाइनबाट पेट्रोल होइन, डिजेल मात्रै आउने

 

निर्माणाधीन मोतीहारी रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्र ढुवानी हुने भएको छ । डिजेलको खपत अत्याधिक बढेपछि आपूर्तिको अवस्था सहज बनाउन डिजेल मात्र ढुवानी गर्न लागिएको हो ।

सीमा क्षेत्रको इन्धनको मूल्यमा फरक भएपछि तराईमा डिजेलको माग ह्वात्तै बढेको छ । निगमको तथ्यांकअनुसार प्रतिलिटर पेट्रोल २१ रुपैयाँ ९२ पैसा र डिजेलमा २४ रुपैयाँ ६१ पैसा सस्तो छ । सस्तो भएपछि माग बढेको हो ।

मालबाहक सवारी साधनहरु नेपालबाटै इन्धन भरेर जाने गर्छन्  भारतीय सवारीहरु पनि इन्धन भर्न आउने गरेका छन् । निगमका एक अधिकारीले भने– ‘जसले गर्दा तराईमा माग उच्च छ ।’

मागलाई सम्बोधन गर्न पनि डिजेलमा जोड गरेको निगमको दाबी रहेकाे खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर