NewsKoseli.Com

कर्मचारीको झन्डै ६ अर्ब भत्ता कटौती…

 

निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा ठूलो मात्रामा कटौती गर्ने निर्णय सरकारले गरेको छ । यसरी भत्ता कटौती गर्दा राज्यलाई झन्डै ६ अर्ब रुपैयाँ व्ययभार कम पर्ने सरकारी दाबी छ ।

सरकारले आगामी साउन १ देखि स्थानीय भत्ता र महँगी भत्ताबाहेक सबै प्रकारका भत्ता रोक्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक खर्चमा मितव्ययिता गर्ने नीति मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पास गरेको छ ।

नीतिमा करिव तीन दर्जन कार्यक्रम राखिएका छन् । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा निजामती कर्मचारीका लागि फिल्ड भत्ताबापत २० करोड ९२ लाख १२ हजार र अन्य प्रकारका भत्तामा ५ अर्ब ६८ करोड, ७५ लाख ६५ हजार छुट्याइएको छ ।

स्थानीय भत्तामा १ अर्ब ३४ करोड, ९७ लाख ९ हजार र महँगी भत्तामा ३ अर्ब ४५ लाख ८७ लाख ७ हजार छुट्याइएको मन्त्रालयको भनाइ रहेकाे खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर