NewsKoseli.Com

एमाले–माओवादी एकतामा विदेशी शक्तिहरुको चलखेल, ओलीको व्यवहारका कारण आशंका : देव गुरुङ

 

नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद देव गुरुङलेएमाले –माओवादीबीच पार्टी एकताको प्रक्रियामा प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रुपमा विदेशी शक्तिहरुको चलखेल भइरहेको बताएका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारका कारण एमाले–माओवादी केन्द्रबीच चलिरहेको एकता प्रक्रियाप्रति शंका उब्जिएको समेत उनले बताए ।

शुक्रबार रफत सञ्चार क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सरकारको क्याबिनेटबाट गरिने निर्णय बाहेक सत्तासाझेदार रहेको दल माओवादी केन्द्रका अध्यक्षसँग कुनै परामर्श नगरी महत्त्वपूर्ण निणर्यहरु गरिनुले विश्वासको वातावरणमै शंका उत्पन्न भएको गुरुङले बताए । पार्टी एकीकरणसँगै दुई अध्यक्ष रहने र एकले सकारकारको नेतृत्व तथा अर्कोले पार्टीको नेतृत्व गर्ने सहमति भए पनि पछिल्लो समयमा एमाले अध्यक्ष ओलीले त्यस्तो व्यवहार देखाउन नसक्दा विश्वासको वातारणमै शंका उत्पन्न भएको उनले बताए ।

प्रधानमन्त्री ओलीको व्यवहारले प्रचण्डलाई सेरेमोनियल बनाउन खोजेजस्तो देखिएको टिप्पणी गुरुङले गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दुई देशबीच सम्बन्ध विस्तारको प्रयास हुनु पर्नेमा भ्रमणका समय नेपाली सुरक्षाकर्मीभन्दा भारतीय सुरक्षाकर्मी बढी हुनु कूटनीतिक छलफलको विषय भएको उनले बताए ।

एमाले –माओवादीबीच पार्टी एकताको प्रक्रियामा प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रुपमा विदेशी शक्तिहरुको चलखेल भइरहेको गुरूङले बताए । यस्ता चलखेलबाट चनाखो रहँदै पार्टी एकता सफल पार्नुपर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर