NewsKoseli.Com

नेपाल–भारतबीचका समस्या सेप्टेम्बरभित्रै सम्बोधन : ओली

 

आगामी सेप्टेम्बर १९ भित्र नेपाल–भारतबीच रहेका सबै समस्या सम्बोधन गरिसक्ने सहमति भारतसँग भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

समस्या समाधानका लागि छिट्टै दुवै देशका परराष्ट्र सचिवले कार्य प्रारम्भ गर्ने समेत उनले बताए । ‘सबै समस्या समाधान गर्ने सहमति भएको छ, जुन दिन संविधान दिवस पर्छ अर्थात् राष्ट्रिय दिवस, दुवै देशका परराष्ट्र सचिवले यसमा काम गर्नेछन्’– नेपाल–भारत द्विपक्षीय बैठक सम्पन्न भएपछि शुक्रबार रातिआयोजित संयुक्त पत्रकार सम्मेलनमा ओलीले भने ।

भारतीय प्रधानमन्त्रीसँगकाे द्विपक्षीय बैठकमा नेपाललाई आवश्यक थप चार वटा हवाईमार्गबारे छलफल भएको प्रधानमन्त्ती ओलीले जानकारी दिए । यी हवाईमार्ग थपिनेमा आफू आशावादी रहेको समेत उनले बताए ।

‘नेपाल र भारत दुवै स्वतन्त्र र अन्तरनिर्भर छन् । नेपाल र भारतबीच भएका सबै सन्धि–सम्झौता कार्यान्वयनलाई प्रभावकारी रुपमा अघि बढाउने कुरामा हामी सहमत भएका छौं’– ओलीले भनेकाे खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर