NewsKoseli.Com

प्रचण्ड–मोदी ‘वन–टु–वन’ मा के–के भयो छलफल ?

काठमाडौं, २९ वैशाख ।

 

दुईदिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालका पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार ‘वन–टु–वन’ वार्ता भएको छ ।

राजधानीको बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा विभिन्न नेताहरूसँग छलफल गरेका मोदीसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भने मोदी बसेको बौद्धस्थित होटल हायातमा भेटघाट भएको हो । भारतीय प्रधानमन्त्री मोदी भेट्न शनिबार दिउँसो प्रचण्ड होटल हायात पुगेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाटका लागि एक्लै पुगेका प्रचण्डले दुई देशबीचको सम्बन्ध सुधारमा मोदीले निकै राम्रो भूमिका खेलेको बताए । पार्टीका कुनै नेताहरु नलिई गएका प्रचण्डले भेटपछि सञ्चारकर्मीहरुलाई मोदीसँगको भेटमा आफूले विराटनगरमा रहेको भारतीय कार्यालय हटाउन र सीमामा देखिएको समस्या समाधानमा मोदीको ध्यानाकर्षण गराएको जानकारी गराए ।

मोदीसँग भेटघाट गर्न यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा भने पूरै पदाधिकारी टिमका अतिरिक्त वरिष्ठ नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला र विजयकुमार गच्छदार समेत लिएर होटल हायातमै पुगेका थिए ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर