NewsKoseli.Com

नचिनेको व्यक्ति ‘लोग्ने’ कायम : अनुसन्धानमा तानिँदै वरिष्ठ अधिवक्ता…

 

चिन्दै नचिनेको व्यक्तिलाई ‘लोग्ने’ कायम गरिदिएको मुद्दामा दाङ जिल्ला अदालतका न्यायाधीश चुरामन खड्कामाथि कारबाही भइरहेका बेला नेपाल बार काउन्सिलबाट एक वरिष्ठ अधिवक्ता समेत अनुसन्धानमा तानिँदै छन् ।

सो मुद्धाको विषयमा वरिष्ठ अधिवक्ता लुमबहादुर कार्की तानिएका हुन् । अन्य दुई अधिवक्ताका नाममा समेत उजुरी परेको छ र त्यसबारे अनुसन्धान भइरहेको छ ।

जिन्दगीभर साथ दिन्छु भनेर बिहे गरेका पतिले पेन्सनपट्टा बनाउने क्रममा सौता ल्याएपछि तिनैलाई सजाय दिलाउन र छोराछोरीको प्राण धान्न कानुनी उपाय खोज्दा बागलुङकी नीरमाया पुनलाई नचिनेका व्यक्ति ‘लोग्ने’ कायम गरिदिएपछि न्यायाधीश र कानुन व्यवसायी अनुसन्धानको घेरामा परेकाे खबर साेमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर