NewsKoseli.Com

सुन तस्करी : गोरेलाई प्रहरी र सरकारी वकिलकै संरक्षण !

 

सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती ‘गोरे’ लाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ । अघिल्लो वर्ष साढे ३३ किलो सुन बरामद हुँदा प्रहरीले गोरेलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा बुझाए पनि उनले त्यहींबाटै उन्मुक्ति पाएको खुलेको हो ।

गोरे, सिताराम खरेल र चूडामणि उप्रेती गरी उनका तीनवटा नाम राखिदिएर व्यक्ति नै ‘यकिन नभएको र नाम, थर, वतन खुली आएमा वा पक्राउ परेको अवस्थामा अदालतमा पेस गरिनेछ’ भन्दै सरकारी वकिलले अदालतमा ‘राय’ पेस गरेर उन्मुक्ति दिइएको थियो ।

सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाएपछि उनले निर्वाध सुन तस्करीको अवसर पाएका थिए । त्यसमाथि बहालवाला प्रहरी अधिकृतहरुबाटै सुनको सुराकी दिने व्यक्तिका रुपमा प्रयोग गरिएका कारण केही प्रहरी अधिकृतहरु उनलाई जोगाउन समेत लागिपरेका थिए ।

अपराध महाशाखालाई ६ महिनाअघि सुनको सुराकी दिइएपिछ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री, प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत समेत गोरेलाई जोगाउन लागिपरेको देखिएको छ ।

गृह मन्त्रालयबाट गठित ३३ किलो सुन तथा सनम शाक्य हत्या प्रकरणको उच्चस्तरीय छानबिन समितिले गरेको अनुसन्धानबाट सरकारी वकिलको कार्यालयले जोगाएका गोरेलाई नै प्रहरीले सुराकी स्रोत बनाएको देखिएको छ । सरकारी वकिलको कार्यालयले त्यतिबेला हरिशरण खड्कासहित ३३ जनाविरुद्ध अभियोग दायर गरेको खबर साेमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर