NewsKoseli.Com

एमाले सांसद लामिछानेकाे अचानक निधन

काठमाडौं, ३१ वैशाख ।

 

प्रदेशसभा– ३ का सांसद हरिशरण लामिछानेको सोमबार निधन भएको छ । काठमाडौं मेडिकल कजेजमा उपचाररत उनको उपचारकै क्रममा दिउँसो १ बजे निधन भएको नेकपा (एमाले) भक्तपुरका इन्चार्ज सोमनाथ मिश्रले पुष्टि गरेका छन् ।

सोमबारै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गर्ने तयारी भइरहेको बताइएको छ । रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ घर फर्केका सांसद लामिछानेलाई मष्तिस्काघात भएको थियो ।

नेकपा (एमाले) को तर्फबाट भक्तपुर क्षेत्र नं १ अन्तर्गतको प्रदेश क्षेत्र– २ बाट निर्वाचित लामिछाने चाँगुनारायण नगरपालिका– ६, तेलकोटका वासिन्दा हुन् । अचानक मस्तिष्काघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर