NewsKoseli.Com

स्थगित भयो एमाले–माओवादी एकता, यसरी बढ्यो चिसो !

 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरण प्रक्रिया अघोषित रुपमा स्थगन भएको छ । परिणामस्वरुप दुवै पक्षबाट तिक्त अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् भने दुई पार्टीका अध्यक्षबीचको बैठक पनि पतालिँदै गएको छ ।

माओवादी नेताहरुले आफ्नो पार्टी सरकारमा भए पनि निर्णय प्रक्रियामा सहभागी नगराइएको गुनासो गर्न थालेका छन् । माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुले सचिव सरुवादेखि बजेट निर्माण प्रक्रियासम्ममा आफूहरुलाई बाहिरै राखेर निर्णय गरिएको गुनासो अध्यक्ष पुष्पकम दाहालसँग गरेका छन् ।

सरकारभित्र बढ्दै गएको कचिंगल र एकता प्रक्रियामा बल्झिइरहेका समस्याकै कारण एमाले–माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया अघोषित रुपमा स्थगित हुन पुगेको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर