NewsKoseli.Com

कहाँ अलमलियो एमाले–माओवादी केन्द्रबीचको एकता ?

 

२२ अप्रिल (लेनिन जयन्ती तथा नेकपा स्थापना दिवस) का दिन राष्ट्रिय सभागृहमा देखिएको माओवादी युवाहरुको असन्तुष्टि र पछिल्लो समय चर्चामा आएको प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ट्विट प्रकरण’ पछि एमाले–माओवादी केन्द्रबीच पार्टी एकताको कुराभन्दा माअ‍ोवादी नेताहरुको असन्तुष्टिले सञ्चार माध्यममहरुमा प्राथमिकता पाउन थालेका छन् ।

केही समययता विकसित घटनाक्रमपछि नेकपा एमाले र माओवादीबीचको पार्टी एकताले अनपेक्षित मोड लिएको छ । खासगरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फेरिएको व्यवहारका कारण एकता प्रक्रिया अन्योलमा परेको प्रचारवाजी एमाले वृत्तबाट गरिन थालेको छ ।

प्रचण्डले एकतातिर एकताको मिति चाँडै घोषणा हुन्छ भन्ने तर अर्कोतिर डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतसँग पार्टी एकताका लागि आह्रवान गरेर आशंका उब्जाएको प्रचारवाजी एमाले वृत्तबाट तीव्र पारिएको छ । आफ्नो स्वार्थमा उपेन्द्र यादवलाई प्रयोग गर्न र बाबुरामलार्इ ओलीतिर ढल्किन नदिन विदेशी शक्तिको ईशारामा प्रचण्डले यो खेल खेलिरहेको एमाले पक्षधरहरूको प्रचारवाजी छ ।

प्रचण्डले श्यामशरणसँग डेढ घन्टा वार्तापछि बाबुराम र उपेन्द्रसँगको बैठक गरेकाले पनि वाम एकता शंकाको घेरामा परेको खबर मंगलबारको दृष्टि साप्ताहिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर