NewsKoseli.Com

काष्ठमण्डपको पुनर्निर्माण सुरू, यसरी नै बन्दैछन् धरहरा र रानीपोखरी…

 

काठमाडौं महानगरपालिकाले स्थानीयको जनसहभागितामा काष्ठमण्डप पुनर्निर्माण आरम्भ गरेको छ । स्थानीय जनताले सोमबार काष्ठमण्डपको जग र परिसरमा क्षमापूजा गरी सो कार्यको सुरुआत गरेका हुन् ।

कामपाको सहयोगमा स्थानीयले आइतबारै पुनर्निर्माण सुरू गरेको जानकारी काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले दिए । उनका अनुसार पहिलो चरणमा काठ छनोट गरी अन्य काम अघि बढाइनेछ ।

काष्ठमण्डपको पुनर्निर्माणको लागतबारे अहिले नै निर्क्योल भइनसकेको बताउँदै आवश्यक पर्ने सम्पूर्ण रकम महानगरले व्यहोर्ने जानकारी शाक्यले दिए । स्मरणीय छ, यसअघिको स्टिमेटमा काष्ठमण्डप पुनर्निर्माण गर्न करिव १९ करोड रुपियाँ लाग्ने उल्लेख थियो ।

स्थानीय समितिले काष्ठमण्डप क्षेत्रमा पर्ने सबै वडा अध्यक्ष, विभिन्न दलका प्रतिनिधि, स्थानीय क्लब, संघ–संस्थालगायतलाई सहभागी गराएर पुनर्निर्माण सुरू गर्न लागेको हो ।

२०७२ वैशाख १२ को शक्तिशाली भूकम्पले ध्वस्त भएको काष्ठमण्डप ३ वर्षपछि बल्ल पुनर्निर्माण हुन लागेको छ । यसअघि काष्ठमष्डपको इतिहासको विषयमा उत्खनन भइसकेको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर