NewsKoseli.Com

अब नेपालमै पनि बिहे नगरीकनै बच्चा जन्माउन पाइने…

 

संसारभरका महिला अधिकारकर्मीले वर्षौंदेखि उठाउँदै आएको मुद्धा हो– ‘आफ्नो शरीर, आफ्नै हक’ । जुन मुद्धा यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौती हो ।

पश्चिमका धेरै मुलुकमा यही मुद्धामा उभिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउन पाउने हक दिलाइसकेको छ । विवाह गरेर पनि आफ्नो इच्छाविना यौनसम्पर्क राखे त्यसलाई बलात्कारै मान्ने काुनन त नेपालमा पनि बनिसकेको छ ।

अब भने पश्चिममा मुलुकमा झैँ नेपालमा पनि बच्चा जन्माउन बिहे गर्नैपर्ने कानुनी व्यवस्था हट्ने भएको छ । संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजननसम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ । 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर