NewsKoseli.Com

यस्तो बन्दैछ कक्षा १ देखि १२ सम्मको नयाँ पाठ्यक्रम पाठ्यक्रम

 

पाठ्यक्रम विकास केन्द्रले नयाँ संरचना अनुसार परिमार्जन गरेको विद्यालय शिक्षाको पाठ्यक्रम मस्यौदा सार्वजनिक गरेको छ । कक्षा १ देखि १२ सम्मको पाठ्यक्रमको मस्यौदा छलफल र राय–सुझाव संकलनका लागि सोमबार सार्वजनिक गरिएको हो ।

‘विषय क्षेत्रगत विज्ञको संलग्नतामा समयानुकूल विद्यालय तहको पाठ्यक्रम निर्माण गरेका हौं’, केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले भने– ‘मस्यौदालाई अन्तिम रुप दिन राय–सुझाव संकलनका लागि सार्वजनिक गरिएको हो ।’

केन्द्रका अनुसार जेठ ३ सम्म राय–सुझाव संकलन गरेर राष्ट्रिय पाठ्यक्रमको प्रारुपलाई अन्तिम रुप दिइने खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर