NewsKoseli.Com

६ महिनामा ३० प्रतिशत मूल्यवृद्धि…

फलामे निर्माण सामग्री उत्पादन गर्ने कम्पनीहरुले सरकारी मौनताको फाइदा उठाउँदै ६ महिनाको अवधिमा ३० प्रतिशतसम्म मूल्य बढाएका छन् ।

अधिकांश कम्पानीले खुद्रा व्यापारीलाई सर्कुलर पठाउँदै घर बनाउँदा सबैभन्दा धेरै प्रयोग हुने छडको मूल्य किलोको सय रुपैयाँ हाराहारी पुर्‍याएका हुन् । असोजमा यसको मूल्य प्रतिकेजी ७२ रुपैयाँ हारहारी थियो ।

निर्माण समग्रीको कारोबार गर्ने खुद्रा व्यापारीका अनुसार फलामे डन्डी, जस्तापाता र स्क्वायर पाइपजस्ता सामग्रीमा ६ महिनाको अवधिमा ३० प्रतिशतभन्दा धेरै मूल्य वृद्धि गरिएको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर