NewsKoseli.Com

ओली–प्रचण्डबीच सहमति, जेठ ३ मा एमाले–माओवादी केन्द्रबीच एकता…

काठमाडौं, २ जेठ ।

 

झन्डै ८ महिनादेखि अनेकौं आरोह–अवरोहबाट गुज्रँदै आएको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच बिहीबार (जेठ ३ मा) पार्टी एकताको घोषणा हुने भएको छ ।

चर्चित दासढुंगा दुर्घटनामा २०५० जेठ ३ गते एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । दुवै पार्टी दिवंगत एमाले महासचिव मदनकुमार भण्डारीको २५औं स्मृति दिवसका दिन पार्टी एकता गर्ने अन्तिम तयारीमा लागेका छन् ।

बुधबार दिनभर र रातभरमा उल्लेख्य घटनाक्रम भर्इ नाटकीय मोड आएन भने बिहीबारै (३ जेठ, ०७५ मै) एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा हुने भएको हो । दुवै पार्टीका अध्यक्षले बिहीबार बिहान ७ बजे मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर एकताको खाकालार्इ अन्तिम स्वरूप दिने अनि साँझ ५ बजे राजधानीमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको बुझिएको छ ।

पार्टी एकताको घोषणा सभा भने केही दिनको तयारीपछि मात्रै हुने भएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वन–टु–वन छलफलपछि तत्काल पार्टी एकता गर्नेबारे सहमति जुटेको हो ।

बिहीबारै पार्टी एकता घोषणा हुने भएपछि दुवै पार्टीले आन्तरिक तयारी तीव्र पारेका छन् । यसै तयारीस्वरूप बिहीबार साँझ ४ बजे एमालेको स्थायी समिति र माओवादी केन्द्रको केन्द्रीय कार्यालय समिति (हेडक्वार्टर) को बेग्लाबेग्लै बैठक आह्वान गरिएका छन् । स्रोत भन्छ– ‘अब एमाले–माओवादीबीच एकता भर्इ नै सक्यो, औपचारिकता दिन मात्रै बाँकी छ ।’

थप यो पनि पढ्नुहोस्–
एकता टुंगिएको संकेत : एमाले र माओवादी केन्द्रले सँगसँगै बोलाए आ–आफ्ना उच्च बैठक

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर