NewsKoseli.Com

गौरीघाटबाट यसरी समातिए गोल्ड ‘डन ’ चूडामणि उप्रेती ‘गोरे’

 

साढे ३३ किलो सुन तस्करी र सनम हत्याकाण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ लाई मंगलबार मोरङ अदालतमा उपस्थित गराई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पठाइको छ ।

अभियुक्त उप्रेतीलाई प्रहरीले यति एयरलाइन्सको उडानबाट मंगलबार विराटनगर ल्याएको हो । उप्रेतीलाई ल्याइएको विमान मंगलबार दिउँसो ३ बजे विराटनगर विमानस्थलमा अवतरण गरेको थियो ।

चर्चित सुनकाण्ड र सनम हत्याकाण्डका मुख्य आरोपित गोरेको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई भने प्रहरीले छक्याएको थियो । विमान अवतरण गरेपछि गोरेलाई भीआईपी र सर्वसाधारणले प्रयोग गर्ने बाटोको सट्टा विमानस्थलको सुरक्षार्थ राखिएका नेपाली सेनाको पूर्वपट्टि ब्यारेकभित्रको बाटो प्रयोग गर्दै बाहिर निकालिएको थियो ।

सो ठाउँबाट जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर गोरेलाई जिल्ला प्रहरी कार्यालय मोरङ पुर्‍याइएको छ । गोरेलाई विमानस्थलबाट ल्याउन जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी निशान थापाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।
सुनकाण्डको अनुसन्धान गर्न गठित छानबिन समितिले सुनकाण्डमा संलग्न अन्य व्यक्तिहरू पक्राउ गरे पनि मुख्य योजनाकार गोरेलाई भने पक्राउ गर्न सकेको थिएन । सुनकाण्डमा संलग्न प्रहरीका उच्च अधिकृत नै पक्राउ गरे पनि मुख्य योजनाकार गोरे भने फरार थिए । तर, मंगलबार बिहान काठमाडौँ महानगरपालिका– ८, गौरीघाटबाट गोरेलाई पक्राउ गर्न छानबिन समिति सफल भएको थियो ।

२०७४ चैत २० गतेको मन्त्रिपरिषदको निर्णय र संगठित अपराध ऐन, २०७० को दफा १२ अनुसार सरकारले सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा साढे ३३ किलो सुनकाण्डको अनुसन्धान गर्न छानबिन समिति गठन गरेको थियो । टोलीले साढे ३३ किलो सुनका मुख्य अभियुक्त गोरे फरार भएपछि नेपाल र छिमेकी मुलुक भारतमा गरिएको अनुसन्धानबाट उनी काठमाडौँ आएको सूचनाका आधारमा पक्राउ गरेको बताएको छ ।

टोलीले मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गोरेलाई सार्वजनिक गरेको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर