NewsKoseli.Com

३० खर्बको अर्थतन्त्र, १६ खर्बको बजेट…

 

मुलुकको अर्थतन्त्रको आकार ३ खर्ब ६४ अर्ब रुपैयाँ बढेर यो वर्ष ३० खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुग्ने भएको छ । चालू आर्थिक वर्षको ८ महिनाको उपलब्ध तथ्यांक र बाँकी ४ महिनाको अनुमानका अधारमा अर्थतन्त्रको आकार ३० अर्ब नाघ्ने देखिएको हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा आइतबार अर्थमन्त्री डा. युवराज खतिवडाले पेस  गरेको आर्थिक सर्वेक्षण अनुसार वर्तमान बजार मूल्य अनुसार साढे ३ खर्ब रुपैयाँभन्दा बढीले अर्थतन्त्रको आकार बढ्नेछ ।

गत वर्ष अर्थतन्त्रको आकार २६ खर्ब ४२ अर्ब ५९ करोड ५० लाख रहेको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

संघीय सरकारको बजेट ७५ र तल्लो तहका सरकारको बजेट २५ प्रतिशत

सरकारले संघ, प्रदेश र स्थानीय तह समेत गरेर कूल १६ खर्बको बजेट निर्माण गर्दै छ । हालै बसेको स्रोत समितिको बैठकले संघलाई १२ खर्ब र तल्ला २ तहका सरकारलाई ४ खर्बको बजेट सीमा तोकेको उच्च सरकारी अधिकारीले बताए ।

यस अनुसार संघीय सरकारको बजेट कूल खर्चको ७५ प्रतिशत र तल्लो तहका सरकारको बजेट २५ प्रतिशत हुने खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर