NewsKoseli.Com

विद्यार्थीसँग कुनै पनि शुल्क लिन नपाइने

 

सामुदायिक विद्यालयहरुले अबदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने भएका छन् । सरकारद्वारा तयार पारिएको शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।

कानुन आयोगद्वारा उक्त विधेयक तयार पारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुझाइसकिएको छ । उक्त विधेयकमा भनिएको छ– ‘आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा प्राप्त गर्न बालबालिका सार्वजनिक विद्यालयमा भर्ना भई माध्यमिक तहसम्म अध्ययन गर्दा उनीहरुसँग भर्ना शुल्क, अध्ययन गर्दा वा परीक्षामा सामेल हुँदा निज वा निजको अभिभावकबाट भर्ना मासिक वा अध्ययन शुल्क कुनै नाममा शुल्क दस्तुर, सहायता, चन्दा दान वा अनुदान लिन पाइने छैन ।’

निःशुल्क शिक्षा दिने राज्यको तयारी बारेको यो खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर