NewsKoseli.Com

आयल निगमको बदमासी : स्थिरीकरण कोष लुकाएर इन्धनमा महँगी

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च हुँदा उपभोक्तालाई भार नपार्न भन्दै नेपाल आयल निगमले विगतमा जम्मा गरेको रकम लुकाएर लगातार मूल्यवृद्धि गरिरहेको पाइएको छ ।

विगतमा निगमको नाफा उच्च हुँदा उपभोक्तालाई राहत दिन जम्मा गरिएको मूल्य स्थिरीकरण कोषको रकमलाई थन्क्याएर इन्धनमा लगातार मूल्य बढाइएको हो । केपी ओलीको नेतृत्वमा सरकार गठन भएयता मुलुकमा पेट्रोलियम पदार्थको मूल्य ५ पटक बढिसकेको छ । तर, इन्धनको मूल्य लगातार वृद्धि हुँदा व्यवस्थापन गरिने रकम प्रयोग नगरी निगमले लगातार इन्धनको मूल्य बढाइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दै जाँदा उपभोक्तालाई राहत दिने उद्देश्यका साथ २०७१ सालदेखि मूल्य स्थिरीकरण कोष खडा गरी उपभोक्ताबाट रकम संकलन गरिँदै आएको छ । कोषमा अहिले ४ अर्ब रुपैयाँ संकलन भएको छ । जुन रकम प्रयोग नगरी इन्धनमा मूल्य बढाउँदा त्यसको प्रत्यक्ष मार उपभोक्तामा परेको खबर बुधबारको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर