NewsKoseli.Com

आईएनजीओमार्फत् नेपालमा दातृराष्ट्रको २५ अर्ब लगानी

विदेशी शक्तिराष्ट्रहरुले नेपालमा घुमाउरो शैलीबाट गर्दै आएको खर्च रकम वार्षिक करिव २५ अर्ब रुपैयाँ पुगेको छ । आईएनजीओमार्फत् लगानी गर्ने प्रत्यक्ष अनुमति सरकारले नदिए पनि विभिन्न मुलुकले उनीहरुको आफ्नै स्वार्थमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) मार्फत उक्त रकम खर्च गर्दै आएका हुन् ।

यो खर्च नेपालको बजेटमा समेटिएका परियोजना र कार्यक्रममा समावेश हुने छैन । सरकारले भारतलाई भने वार्षिक पाँच करोड रुपैयाँसम्मका साना परियोजनामा प्रत्यक्ष लगानी गर्न पाउने सुविधा प्रदान गरेको छ । भारतले पाएको सुविधा पनि विवादित छ ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार आउँदो आर्थिक वर्ष (२०७५–७६) मा २४ राष्ट्रले विभिन्न उद्देश्य बोकेका आईएनजीओमार्फत् २४ अर्ब ९५ करोड ४४ लाख ५४ हजार रुपैयाँ खर्च गर्दैछन् । यो रकम उनीहरुले चाहेको कार्यक्रम तथा परियोजनामा मात्र खर्च गर्ने खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर