NewsKoseli.Com

उपेन्द्रको प्रष्टोक्ति : नेकपासँग तत्काल एकता गर्दैनौं

काठमाडौं, २४ जेठ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्काल आफ्नो पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच एकता हुने सम्भावना नरहेको प्रष्ट्याका छन् ।

सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा फोरम र नेकपाबीच एकता हुने समाचार व्यापक प्रकाशन/प्रशारणमा आएपछि फोरमले बिहीबार विज्ञप्ति जारी गरेर खण्डन गरेको हो । त्यस्ता समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा लेखेको छ– ‘संघीय समाजवादी फोरम नेपालको गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दल–पार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको छ ।’

फोरमले अगाडि भनेको छ– ‘तर, यस बीच फोरम नेपाल र नेकपाबीच एकीकरणको तत्काल कुनै सम्भावना नरहेको अवस्था पनि पार्टी एकीकरण हुन लागेको भन्दै सुनियोजित ढंगले जनतामा भ्रम सिर्जना हुने गरी प्रचार गरिँदैछ ।’

यस्तो छ फोरमको विज्ञप्तिको पूर्णपाठ–

 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर