NewsKoseli.Com

देउवाले थपे ३ केन्द्रीय सदस्य…

काठमाडौं, २४ जेठ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिमा ३ जना नयाँ सदस्य थपेका छन् ।

सभापति देउवाले लमजुङका दिलबहादुर घर्ती, दाङकी शिला खड्का र काभ्रेपलाञ्चोकका शिव हुमागाइँलाई केन्द्रीय सदस्य पदमा बिहीबार मनोनीत गरेको जानकारी पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएका छन् ।

१३औं महाधिवेशन सकिएको दुई वर्षपछि देउवाले सभापतिको अधिकार प्रयोग गर्दै केन्द्रीय समितिमा तीन जनालाई मनोनीत गरेका हुन् । विधानवमोजिम, ८५ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये सभापतिले २१ जनालाई केन्द्रीय समितिमा मनोनीत गर्न पाउँछन्, तीमध्ये अझै १ सदस्य मनोनीत गर्न बाँकी छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर