NewsKoseli.Com

१० महिनामा व्यापार घाटा सवा ९ खर्ब

उच्च आयात र निराशाजनक निर्यातले चालू अर्थिक वर्षको १० महिनामा व्यापार घाटा सवा ९ खर्ब पुगेको छ । अघिल्लो वर्षको १० महिनाको तुलनामा करिव २२ प्रतिशतले वृद्धि भई व्यापार घाटा ९ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ पुगेको हो ।

भन्सार विभागका अनुसार वैशाखसम्म १ सय ५२ मुलुकहरुबाट ९ खर्ब ८२ अर्ब ५४ रुपैयाँ सामग्री आयात भएका छन् । आयात रकमको ६ दशमलव ७८ प्रतिशत अर्थात ६६ अर्ब ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर