NewsKoseli.Com

२५ बाट ५ मा झरे जनपद र सशस्त्र प्रहरीका एआईजी

सरकारले नेपाल प्रहरीमा ३ र सशस्त्रमा २ गरी जम्मा ५ अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) रहने व्यवस्था गरेको छ । यसअघि नेपाल प्रहरीमा १६ र सशस्त्रमा ९ गरी २५ एआईजी थिए ।

मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा ३ हजार १ सय १ नयाँ दरबन्दी सिर्जना गर्ने स्वीकृति पनि दिएको छ । अहिले प्रहरीमा ७२ हजार ७ सय ४४ दरबन्दी छन् । स्वीकृत दरबन्दी थपिँदा प्रहरी सख्या ७५ हजार ८ सय ४५ पुग्नेछ ।

प्रादेशिक तहमा जाँदा प्रहरीमा संख्या अपुग हुने भएपछि आइतबार बसेको मन्त्रिपरिषदको बैठकले नयाँ दरबन्दीका लागि स्वीकृति दिएको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर