NewsKoseli.Com

ब्याजदर बढाउन बैंकहरुबीच प्रतिस्पर्धा…

नेपाल बैंकर्स संघले बचत खातामा ८ र मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति फिर्ता लिएसँगै बैंकहरु बचत र मुद्दती खाताका निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिएका छन् ।

संघको गत आइतबारको बैठकले बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव केही खुकुलो हुँदै गएको भन्दै गत पुसमा गरेको सहमति फिर्ता लिएको थियो । प्रतिस्पर्धाको माध्यमबाट ब्याजदर निर्धारण हुने बाटो खुला संघले गरिदिएपछि बैंकहरुबीच निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु भएको हो ।

संघको यस्तो निर्णयसँगै दुई बैंकले निक्षेपको ब्याजदर बढाउने घोषणा गरिसकेका छन् । सिभिल बैंकले मुद्दती निक्षेपमा १२.२२ प्रतिशत र बचत खातामा १० प्रतिशत ब्याज दिने योजना ल्याएको छ । यसैगरी, एनआर्इसी एसिया बैंकले मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याज दिने योजना ल्याएको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर