NewsKoseli.Com

प्रधान न्यायाधीश पद : वि.सं. २०८५ सम्मका लागि ‘प्याक’ !

 

सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तिमा ३ वर्ष काम गरेको व्यक्ति प्रधान न्यायाधीश पदमा नियुक्त हुने संवैधानिक व्यवस्था छ । संवैधानिक परिषदको सिफारिसमा प्रधान न्यायाधीशको र न्याय परिषदको सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुने संवैधानिक प्रावधान छ ।

न्याय परिषद् सचिवालयका अनुसार सर्वोच्चमा अहिले १९ जना न्यायाधीश कार्यरत छन् भने एक प्रधान न्यायाधीश र एक न्यायाधीश पद रिक्त छ । १९ मध्ये कार्यक्षमता र वरिष्ठताका आधारमा प्रधान न्यायाधीशमा नियुक्त हुन योग्य न्यायाधीशहरू २०८५ सालसम्मका लागि प्याक देखिएका छन् ।

सर्वोच्चमा ३ वर्ष सेवा अवधि पूरा गरेका न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबरा छन् । जोशी २०७० चैत ४ गतेदेखि कायममुकायम प्रधान न्यायाधीश छन् । तत्कालीन प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीको बर्खास्तीपछि जोशी कायममुकाय बनेका हुन् ।

न्याय परिषदले वरिष्ठताका आधारमा जोशीसहित न्यायाधीशद्वय मिश्र र जबराको नाम सिफारिस गरिसकेको छ । मिश्र र जबराले २०७१ जेठ १३ गतेदेखि न्यायाधीशमा पदबहाली गरेका हुन् । जोशी, मिश्र र जबरा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला संवैधानिक परिषदको अध्यक्ष भएका बेला नियुक्त भएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर