NewsKoseli.Com

कर्मचारीले सरकारको आलोचना गरे ‘कडा कारबाही’ !

 

नेपाल सरकारको तलब–भत्तासहितका सेवा–सुविधा लिने सबै कर्मचारीले सरकारको आलोचना गरेमा विभागीय कारबाही गरिने भएको छ ।

काशीराज दाहाल नेतृत्वको अधिकारसम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले कर्मचारी संयन्त्रलाई प्रभावकारी बनाउन विभिन्न सुझाव दिएपछि सरकारले कर्मचारी प्रशासनमा कडाइ गर्न लागेको हो । सो सुझाव अनुसार सरकारको आलोचना गर्न नपाउनेदेखि बन्द–हडताल गर्ने कर्मचारीबाट क्षतिपूर्ति भराउनु पर्नेसम्मको सुझाव प्रधानमन्त्रीसमक्ष दिइएको छ ।

‘नेपाल सरकारको नीतिविपरीत हुने गरी वा नेपाल सरकार र जनताको पारस्परिक सबन्धमा वा कुनै विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पर्न सक्ने गरी कुनै निजामती कर्मचारीले आफ्नो वास्तविक वा काल्पनिक नामबाट वा बेनामी कुनै लेख प्रकाशित गर्न, सञ्चार माध्यमलाई खबर दिन पाइने छैन,’ सुझावमा भनिएको छ– ‘रेडियो, टेलिभिजनलगायतका माध्यमबाट मन्तव्य प्रसारित गर्न, कुनै सार्वजनिक मन्तव्य दिन वा कुनै वक्तव्य प्रकाशित गर्न हुँदैन ।’

सरकारी कर्मचारीले अनाधिकृत रूपमा गैरसरकारी वा सञ्चार माध्यमलाई सूचना दिने कार्यमा पनि पूर्ण प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिइएको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर