NewsKoseli.Com

‘मधेस’ नाम र ‘हिन्दी’ भाषा अस्वीकार्य, प्रस्ताव ल्याइए कडा प्रतिवाद…

प्रदेश– २ को नामकरण र सरकारी कामकाजको भाषा अविलम्ब टुंगो लगाउन नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले माग गरेका छन् ।

प्रदेशको नामकरण र भाषा तोक्ने सवालमा बहस गर्न सरकार डराइरहेको उल्लेख गर्दै आइतबार जनकपुरमा मैथिली विकास कोषले आयोजना गरेको ‘प्रदेशको नामकरण तथा भाषा’ सम्बन्धी बहसमा बोल्दै यादवले यस्तो माग गरेका हुन् ।

‘प्रदेशको नाम ‘मधेस’ र भाषा ‘हिन्दी’ हुनुपर्ने एकथरी आवाज सुनिँदैछ,’ यादवले भने– ‘मधेस नाम र हिन्दी भाषा दुवैप्रति हाम्रो स्पष्ट विमति छ, सरकारले यो प्रस्ताव ल्याए हामी कडा प्रतिवादमा उत्रिन्छौं ।’

माओवादी केन्द्र संसदीय दलका नेता रामचन्द्र मण्डलले प्रदेशको नाम मिथिला–भोजपुरा र भाषा मैथिली तथा भोजपुरी तोकिनुपर्ने विचार व्यक्त गरे । मिथिला र मैथिलीविरुद्ध कुनै तर्क नरहेको उल्लेख गर्दै मण्डलले थपे– ‘प्रदेशको भूगोल र बसोबास गर्ने भाषाभाषीले सम्मानित महशुस गर्ने गरी तथा मिथिला र भोजपुराको अस्तित्वको सम्मान हुने गरी निर्णय हुनुपर्छ ।’

प्रदेश– को नामकरण तथा भाषासम्बन्धी यो खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर