NewsKoseli.Com

‘स्मार्ट लाइसेन्स’ अब एक महिनाभित्रै !

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा हुँदै आएको ढिलाई अब हट्ने भएको छ । यातायात व्यवस्था विभागले थप ४ वटा छपाई प्रिन्टर मेसिन ल्याएसँगै अब चालक अनुमतिपत्र लिनका लागि महिनौं कुर्नुपर्ने बाध्यता हट्ने भएको हो ।

विभागसँग ५ वटा मात्र छपाई मेसिन हुँदा मागबमोजिम छपाई गर्न सकेको थिएन । तर, अब त्यस्ता प्रिन्टरको संख्या ९ पुगेकाले एक महिनाभित्रै सेवाग्राहीले लाइसेन्स पाउने भएका हुन् ।

तर, ४ वटा आधुनिक प्रविधि सहितको प्रिन्टर मेसिन सञ्चालनमा आएपछि अब दैनिक ५ हजार स्मार्ट कार्ड छपाई हुने भएको छ । अबको दुई महिना पछिदेखि सेवाग्राहीले एक महिनाभित्र नै स्मार्ट लाइसेन्स प्राप्त गर्न सक्ने यातायात व्यवस्था विभागले जनाएको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर