NewsKoseli.Com

चिकित्सा शिक्षामा भ्रष्टाचार बढेपछि सरकारको यस्तो कदम

चिकित्सा शिक्षामा बेथिति र भ्रष्टाचार बढेपछि चिकित्सा कार्यक्रम सञ्चालन गर्ने सबै शैक्षिक संस्थाले एकै क्यालेन्डर सञ्चालन गर्नुपर्ने नियम सरकारले बनाएको छ ।

हालसम्म चिकित्सा शिक्षाको प्रवेश परीक्षा, भर्ना, पठनपाठन, परीक्षा, नतिजा र प्रकाशनलगायतका कार्यहरु आफू अनुकूल गर्दै आएका सबै विश्वविद्यालय तथा प्रतिष्ठानले एकै क्यालेन्डरका आधारमा शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने छ । प्रवेश तथा अन्तिम परीक्षामा अनियमितता, शुल्कलगायतका विषयमा विवाद आएपछि सबैका लागि एकीकृत क्यालेन्डर लागू गरिएको हो ।

विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानले आ–आफ्नो क्यलेन्डर अनुसार सञ्चालन गर्दै आएका चिकित्सा शिक्षा अध्ययन कार्यक्रम एकै समयमा सञ्चालन र अन्त्य हुने गरी सरकारले नियम बनाएको खबर बुधबारको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर