NewsKoseli.Com

महिनामै अर्बको बिजुली चोरी, नियन्त्रणमा गृह मन्त्रालयले सघाउने

 

चालू आर्थिक वर्षको वैशाखसम्ममा १० अर्ब रुपैयाँको बिजुली चोरी भएको छ । यस हिसाबले एक महिनामा एक अर्ब रुपैयाँको बिजुली चोरी हुने गरेको नेपाल विद्युत् प्राधिकरणले तथ्यांकले देखाएको छ ।

चालू आर्थिक वर्षको १० महिनामै एक अर्ब १ करोड युनिट बिजुली चोरी भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । प्रतियुनिट १० रुपैयाँ २ पैसा प्राधिकरणलाई घाटा हुँदै आएको जानकारी पनि उनले दिए ।

‘बिजुली चुहावटले राजस्वमा नोक्सानी पुग्दै आएको छ,’ उनले भने– ‘हामी प्राधिकरणको उत्पादन, प्रसारण र वितरण प्रणालीमा भइरहेको यस्तो चुहावट नियन्त्रण गर्ने अभियानमा छौं ।’ गत असारसम्ममा प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत् चुहावट हुने गरेको थियो । तर, चालू आर्थिक वर्षको वैशाखसम्म त्यसलाई प्राधिकरणले घटाएर २० प्रतिशतमा झारेको छ ।

तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावट १५ प्रतिशतमा झार्ने लक्ष्य प्राधिकरणको छ । अब बिजुली चोरी नियन्त्रण गर्न गृह मन्त्रालयले सघाउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चोरी नियन्त्रण गर्न चालेको अभियानलाई मन्त्रालयले सघाउन लागेको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर