NewsKoseli.Com

पूर्वराष्ट्रपतिलाई १९ महिना जेल सजाय !

 

माल्दिभ्सको एक अदालतले पूर्वराष्ट्रपति मौसुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ । आतंकवादलाई सहयोग गरेको अरोप लागेका ८० वर्षीय गयुम अदालतको बुधबारको फैसला अनुसार १९ महिना जेल बस्नु पर्नेछ ।

गयुमसँगै प्रधान न्यायाधीश अब्दुला साइद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलाई पनि गत फेब्रुअरीमा नियन्त्रणमा लिइएको थियो । उनीहरु तीन जनालाई फरक–फरक अरोप लगाइएको छ ।

प्रधान न्यायाधीश र न्यायाधीशलगायत अन्य न्यायिक अधिकारीलाई भने सरकार ढाल्न घुस लिएको आरोप लगाइएको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर