NewsKoseli.Com

बिहे नगरी सन्तान जन्माउन पाइने : गर्भपतन अब ‘अधिकार’ र ‘कसुर’ दुवै !

नेपालमा अब गर्भपतन ‘अधिकार’ र ‘कसुर’ दुवै हुने भएको छ । महिलाका हकमा गर्भपतन संविधानमा मौलिक हकअन्तर्गत राखिएको छ । तयसैगरी सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकको मस्यौदामा भने गर्भपतन कसुर हुने व्यवस्था गरिएको छ ।

गर्भपतन गराउन दबाब दिनेका हकमा कसुर कायम हुनेछ । कुनै पनि महिलाले आफ्नो इच्छाबमोजिम विवाह नै नगरीकन सन्तान जन्माउन सक्ने अधिकार कानुनले सुरक्षित गर्न लागेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकमा यो अधिकार सुरक्षित गरिएको हो ।

संविधानको मर्मअनुसार प्रजनन अधिकारलाई कानुनमा सुरक्षित गरिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता रमेश ढकालले बताए । ‘संविधानले नै विवाह नै नगरी महिलालाई सन्तान जन्माउन सक्ने हकको व्यवस्था गरिसकेको छ’, उनले भने– ‘संविधानमा व्यवस्था भएको कुरा कसैले दिइरहनुपर्ने विषय नै होइन ।’

नयाँ संवैधानिक एवं कानुनी व्यवस्थाबारेको यो खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर