NewsKoseli.Com

‘बाजेको सेकुवा’ मा सुन तस्करको लगानी…

 

संगठित सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धान गरिरहेको उच्चस्तरीय विशेष समितिले उपत्यकामा सञ्चालित ‘बाजेको सेकुवा’ का ६ वटा आउटलेटलाई सिलबन्दी गरेको छ ।

समितिका अनुसार ‘बाजेको सेकुवा’ मा चेतन भनिने चेतनाथ भण्डारीको लगानी रहेको र उनी संगठित सुन तस्करी मुद्धाका फरार प्रतिवादी रहेकाले पसल सिल गरिएको हो ।

मोरङ जिल्ला अदालतमा चलिरहेको उक्त मुद्धामा पेस गरिएको अनुसन्धान प्रतिवेदनमा भण्डारीको नाम सुन तस्करीका लगानीकर्ता र फरार प्रतिवादीका रुपमा उल्लेख रहेको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर