NewsKoseli.Com

असार ५ मा प्रधानमन्त्रीको चीन भ्रमण : को–को जाँदैछन्, के–के हुँदैछ ?

 

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको मिति तय भएको छ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ओली असार ५ गते त्यसतर्फ जान लागेका छन् ।

उनी असार १० गते स्वदेश फर्कने कार्यक्रम छ । भ्रमणदलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतित पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीपत्नी राधिका शाक्यलगायत रहने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ समकक्षी लीसहित वरिष्ठ चिनियाँ अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ । उनले त्यहाँ नेपाल–चीन व्यापारिक मञ्चलाई सम्बोधन गर्नेछन् । सो अवसरमा दुई देशले केही सहमतिमा हस्ताक्षर गर्ने समेत कार्यक्रम रहेको पनि परराष्ट्रले जनाएको छ ।

प्रधानमन्त्री ल्हासा समेत जाने छन् । त्यहाँ उनले ल्हासाका उच्च अधिकारीलाई भेट्ने छन् ।

वाणिज्यतर्फका दर्जन एजेन्डा

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच वाणिज्य र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफलको एजेन्डा तयार पारेको छ ।

‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) का लागि पूर्वाधार निर्माण, दुवै देशको कारोबार बैंकिङ प्रणालीमार्फत गर्नेलगायतका एजेन्डामा पनि छलफल हुनेछ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुका अनुसार उद्योग–वाणिज्यसँग सम्बन्धित प्रमुख एजेन्डा परराष्ट्र मन्त्रालयमा पठाइएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर