NewsKoseli.Com

यी हुन् नेपाल–चीन समझदारीका ९ बुँदा (बुँदासहित)

 

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेइजिङमा भएको वार्ताले द्विपक्षीय साझेदारीका निम्ति दूरगामी आधारहरु खडा गरेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको उच्चस्तरीय चीन भ्रमणका क्रममा निम्न ९ बुँदामा नेपाल–चीनबीच समझदारीमा हस्ताक्षर भएको छ–

१. माथिल्लो मर्स्याङदी आयोजना (६०० मेगावट) निर्माण
२. कालीगण्डकी गर्ज आयोजना (१६४ मेगावट) निर्माण
३. त्रिशुली—गल्छी आयोजना (७५ मेगावट) निर्माण
४. सिउरी न्यादी जलविद्युत् आयोजना (४०.२७ मेगावट) निर्माण
५. दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योगको स्थापना
६. फलफुल प्रशोधन उद्योगको स्थापना
७. नेपाली पश्मिना खरिद
८. पूर्वी तराईको सिँचाई प्रणाली व्यवस्थित गर्न सहयोग
९. रसुवागढी—केरुङ प्रसारण लाइन निर्माण ।

जारी प्रधानमन्त्रीको चीन भ्रमणबारेको यो खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर