NewsKoseli.Com

२ महिनाको खर्च ३ दिनमै स्वाहा : ‘असारे विकास’ को हालत

 

आर्थिक वर्षको सुरुआती दुई महिनामा खर्च गरे जति बजेट सरकारले असारको तीन दिनमै सकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) सम्मको पुँजीगत खर्च ४ अर्ब २७ करोड १४ लाख १२ हजार रुपैयाँ हो ।

आर्थिक वर्षको अन्तिम महिना (असार) लागे लगत्तैका ३ दिन (३, ४ र ५ गते) को खर्च त्योभन्दा बढी अर्थात् ४ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ सकिएको छ ।

सरकार, योजना आयोग र संसदीय समितिहरुले पुँजीगत खर्च सुधारका लागि अघि सारेका उपाय र मापदण्डहरु यो वर्ष पनि विगतमै झैं उल्लंघन हुने निश्चितप्रायः रहेको खबर सोमबारको कान्तिपुुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर