NewsKoseli.Com

विश्वस्त मेस्सी : आइलाग्यो ‘अनपेक्षित’ स्थिति !

 

यतिबेला निकै राहत महसुस गरिरहेका लियोनल मेस्सीले मंगलबार नाइजेरियासँग ‘त्यो स्थिति’ भोग्नुपर्ने अपेक्षा भने नगरेको बताएका छन् ।

आफू र टिमका साथीहरू विश्वकपको महत्त्वपूर्ण खेल जितेर अन्तिम १६ मा पुग्नेमा भने मेस्सी सधैं नै विश्वस्त थिए । समूह– ‘डी’ बाट क्रोएसियाभन्दा मुनि उपविजेता बनेर नकआउट चरण पुग्ने क्रममा दक्षिण अमेरिकी टोलीले नाइजेरियामाथि २–१ को सनसनीपूर्ण जित हात पार्दा बार्सिलोनाका फरवार्ड मेस्सीले उत्कृष्ट गोल गर्दै यसपालिको विश्वकपमा खाता खोलेका थिए ।

‘हामीलाई थाहा थियो, खेल हामीले नै जित्छौं भनेर । भगवानले हामीलाई नै सहयोग गर्छन् भन्नेमा हामी विश्वस्त थियौं, भयो पनि त्यस्तै । तर, बराबरीपछि हुने कठिन परिस्थितिबारे अपेक्षा थिएन,’ मेस्सीले अर्जेन्टिनी सञ्चार माध्यमसँग भने ।

भिक्टोर मोसेसको पेनाल्टी गोलमा अफ्रिकन टोलीले ५१औं मिनेटमा खेल बराबरीमा ल्याएपछि आफ्नो टोली ‘नर्भस’ देखिएको मेस्सीले सुनाए । ‘त्यो समयमा हामीले निकै तीव्रताका साथ खेलमा आधिपत्य जमाएका थियौं । त्यही कारण हामीले आक्रामण गर्दै दबाबमा राख्दा गोल गर्न सफल भयौं,’ पत्रकार सम्मेलनमा मेस्सीले भने ।

खेलको निर्णायक क्षण त्यो बेला आयो, जब रक्षक मार्कोस रोहोले ८६औं मिनेटमा निर्णायक गोल गरे । लिओनल मेस्सीलाई उद्धृत गरिएको यो खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर