NewsKoseli.Com

फैलियो मनसुनी प्रभाव, सतर्क रहन मौसमविदको आग्रह

 

मुलुकभर मनसुनी प्रभाव फैलिएकाले आगामी ३ दिनसम्म अधिकांश भेगमा भारी र केही भेगमा अत्याधिक वर्षा हुने भएको छ ।

मनसुन न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालतर्फ सरेकाले धेरैजसो भूभागमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडी र अरब सागरबाट भित्रने जलवाष्पयुक्त हावा नेपाली भूभागमा एकीकृत हुँदा भारी र अत्यधिक वर्षा हुने महाशाखाका मौसमविद् सुवास रिमालले बताए ।

मुलुकको भौगोलिक बनावट अनुसार अत्यधिक र भारी वर्षाको मात्रा र प्रभाव फरक हुने उनको भनाइ छ । ‘कुनै जिल्ला विशेषभन्दा पनि धेरैजसो भूभागमा भारी वर्षा हुँदैछ, त्यसैले नदी तटीय क्षेत्र, भिरालो भूभाग र सामान्य वर्षामा पनि डुबान हुने क्षेत्र र आसपासमा सतर्कता अपनाउनु उत्तम हुन्छ’– रिमालले भनेको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशति छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर