NewsKoseli.Com

झनै चुलियो नेयमारको चर्चा, मेक्सिकोमाथि ब्राजिल हावी…

 

रसियामा जारी विश्वकपका क्रममा सोमबार साँझ ब्राजिलियन ‘स्टार’ नेयमर आफैंले गोल गर्नुका साथै अर्को गोलका लागि समेत पास उपलब्ध गराउँदै पुनः चर्चा आफूकेन्द्रित बनाए ।

मेक्सिकोमाथि २–० गोलअन्तरको विजय हात पारेर ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनल पुगेको छ । दक्षिण अमेरिकी राष्ट्र ब्राजिल लगातार सातौं पटक विश्वकपको अन्तिम ८ मा पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको अवस्थामा दोस्रो हाफलगत्तै ट्रयाप गर्दै गोल गरेका पेरिस सेन्ट जेर्मेनका फरवार्ड नेयमारले दोस्रो हाफको अन्तमा रोबर्टो फिर्मिन्होलाई दोस्रो गोलका लागि सजिलो पास उपलब्ध गराइदिएका थिए । तर, मेक्सिकोका मिगुइल लायुनले सामन्य छुँदा समेत नेयमरले ठूलो चोट लागेको झैं अभिनय गरेकाले खेल ओझेलमा परेको थियो ।

तैपनि नेयमारले देखाएको सकारात्मक प्रदर्शनलाई भने त्यसले ओझेल बनाउन सकेन । मेक्सिकोलाई पाँच पटकको च्याम्पियन ब्राजिल चट्टानजस्तै सावित भयो । विश्व च्याम्पियन जर्मनीमाथि १–० को विजय हात पारी विश्वकपमा शानदार सुरुआत गरको मेक्सिकोको अन्त्य भने परम्परागत रुपमा नै रह्यो ।

१९९४ को विश्वकपदेखि मेक्सिको नकआउट चरणको सुरुआतमै पराजय हुँदै आएको छ । १९८६ यता मेक्सिको क्वार्टरफाइनल पुग्न नसकेको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर