NewsKoseli.Com

पानीजहाज कुन मन्त्रालयमा पर्छ ? थाहा छैन सरकारलाई नै !

 

प्रधानमन्त्रीले संसदबाटै घोषणा गरिसके– सरकारले पुससम्ममा पानीजहाज ल्याउँछ । तर, पानीजहाज ल्याउने र चलाउने मन्त्रालय वा विभाग कुन हो ? सरकारलाई पनि थाहा छैन ।

ऊर्जा तथा जलस्रोतले हो कि पर्यटन तथा संस्कृतिले ? यातायात तथा पूर्वाधारले हो कि वाणिज्य तथा आपूर्तिले ? सबै मन्त्रालयलाई सम्पर्क गर्दा कसैलाई पनि थाहा छैन । नेतृत्व गर्ने निकाय नै नभएकाले यो परियोजनाको अध्ययन गर्ने, प्राविधिक जनशक्ति नियुक्ति गर्ने तथा पूर्वाधार निर्माण गर्ने कसले भन्ने थाहै छैन ।

पानीजहाजबारे उपरोक्त सबै मन्त्रालयमा सम्पर्क गर्दा जिम्मेवार अधिकारीहरूले हाँसेर टारेको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर