NewsKoseli.Com

बल्ल बजेटको सुरसार गर्दै स्थानीय तहहरु…

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ को व्यवस्था अनुसार मुलुकभरका स्थानीय तहले असार १० भित्र बजेट पेस गरिसक्नुपर्ने थियो ।

तर, कानुन उल्लंघन गर्दै देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ३ सय ८७ वटा (५० प्रतिशत) ले असार १० भित्रै गाउँसभा वा नगरसभामा बजेट पेस गरेनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार केही स्थानीय तहले १० गतेपछि ल्याए पनि २ सय ९९ (४० प्रतिशत) ले बल्ल बजेटको सुरसार गर्दै गर्दैछन् ।

बजेट नल्याउनेमा गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका मात्रै होइन, एउटा महानगरपालिका समेत छ । ललितपुर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बजेट ल्याउने बेला  (असार ७ देखि १२ सम्म) जापान भ्रमणमा गएको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर