NewsKoseli.Com

२ सयभन्दा बढी नेपाली मलेसियामा पक्राउ !

 

विनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई मलेसिया सरकारले १ हप्ता यतादेखि धमाधम पक्राउ गर्न थालेको छ ।

अवैधानिक रुपमा मलेसियामा बसेका नेपालीसहित ६ हजार कामदारलाई स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।

‘ओपी मेगा– ३’ नामक ‘विदेशी नागरिक पक्राउ अभियान’ मा मलेसिया सरकारले हालसम्म ६ हजार ६ सय ७८ जना विदेशी पक्राउ गरिसकेको छ ।

यसरी पक्राउ पर्नेमा २ सय जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाए पनि पक्राउकार्य जारी रहेकाले वास्तविक तथ्यांक लिने कार्य भइरहेको खबर शुत्रबारको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर