NewsKoseli.Com

देशनिकाला गरिए धर्मप्रचार गरिरहेका विदेशी दम्पती

 

व्यावासायिक प्रवेशाज्ञा (विजनेस भिसा) को आडमा चर्च चलाएर धर्मप्रचारमा संलग्न फिलिपिनी दम्पतीलाई गृह मन्त्रालयले एक वर्ष नेपाल प्रवेशमा समेत प्रतिबन्ध लगाएर निष्काशन (डिपोर्ट) गरिदिएको छ ।

व्यावसायिक भिसा लिएका केही विदेशी चर्च चलाएर धर्मप्रचारमा संलग्न भएको उजुरी आएपछि छानबिन गर्न गृह मन्त्रालयले अध्यागमनलाई निर्देशन दिएको थियो । निष्काशित हुनेमा फिलिपिनी नागरिक दे भेरा रिचर्ड र इन्डोनेसियाकी रिता गोङ्गा रहेका छन् ।

इसार्इ धर्मप्रचारमा संलग्न भएको आरोपमा कुनै विदेशीलाई गृह मन्त्रालयले निष्काशन गरेको सम्भवतः यो नै पहिलो घटना हो । भिसा दुरुपयोग गर्ने जो–कोहीमाथि कारबाही हुने अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले बताएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर