NewsKoseli.Com

क्याम्पस प्रमुख कार्यकक्षमै थुनिँदा…

 

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरका क्याम्पस प्रमुखलगायत पाँच जनालाई तीन विद्यार्थी संगठनले आइतबार सात घन्टा कार्यकक्षमै थुनिदिए ।

क्याम्पस प्रमुख बाबुराम तिम्सिना, सहायक प्रमुख सुशील अधिकारी, ताराप्रसाद यादव, मोहनकुमार श्रेष्ठ र सामान्य प्रशासन प्रमुख गुदरप्रसाद यादवलाई विद्यार्थीहरुले थुनिदिएका हुन् । आफ्ना माग पूरा गर्नेगरी १९ बुँदे सहमति भएपछि विद्यार्थीहरुले उनीहरूलाई मुक्त गरेका थिए ।

अखिल, अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी संगठनले क्याम्पस प्रमुख तिम्सिनाको कार्यकक्षमा तालबन्दी गरी अपराह्न १२ बजेदेखि साँझ ७ बजेसम्म थुनेका थिए ।

पाँच घन्टा थुनिएपछि क्याम्पस प्रमुख तिम्सिना वार्ता गर्न तयार भएको नयाँ शक्ति विद्यार्थी संगठनका क्याम्पस इकाइ इन्चार्ज कमल पोख्रेलले बताएको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर