NewsKoseli.Com

गोपनीयता भंग गरिदिए ३ वर्ष कैद, ३० हजार जरिवाना !

 

कुनै पनि व्यक्तिलाई नसोधी उसका व्यक्तिगत कुरा बाहिर ल्याएर त्यसरी गोपनीयता भंग गरिदिनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधानको प्रस्ताव गरिएको छ ।

वैयक्तिक गोपनीयता सम्बन्धमा व्यवस्था गर्न बनेको प्रारम्भिक विधेयक मस्यौदामा कसैले अर्काको घर, जग्गा, सवारी साधनमा सम्पत्ति धनीको अनुमतिविना प्रवेश गरेमा गोपनीयता भंग हुने व्यवस्था नेपाल कानुन आयोगले गरेको हो । व्यक्तिगत गोपनीयता अतिक्रमण भएका कारण कसैलाई हानि, नोक्सानी, क्षति पुगेमा पीडितलाई क्षतिपूर्ति समेतको व्यवस्था ल्याउन लागिएको छ ।

कुनै पनि सार्वजनिक निकायमा रहेको व्यक्तिको विवरण मञ्जुरीविना बाहिर ल्याउन नपाउने गरी मस्यौदामा व्यवस्था गरिएको छ । शैक्षिक योग्यतासम्बन्धी प्रमाणपत्र, स्वास्थ्यपरीक्षण प्रतिवेदन, नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, मतदाता परिचयपत्र, बैंकिङ तथा बित्तीय कारोबारसम्बन्धी चेक, ड्राफ्ट, ल्याप्चे, सहीछाप, जग्गाधनी पुर्जा, पेन्सनपट्टाजस्ता व्यक्तिको कुनै पनि विवरण नसोधी सार्वजनिक गराउनु नहुने मस्यौदामा उल्लेख रहेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर