NewsKoseli.Com

एकै दिन १० अर्ब भुक्तानी : पूरै रकम रित्याउने गरी ब्रह्मलूट…

चालु आर्थिक वर्षको अन्त्यमा मुलुकभरका सरकारी कार्यालयले चालु बजेटमा विनियोजित पूरै रकम रित्याउने गरी ब्रह्मलूट गरेका छन् । कार्यालय प्रमुख, लेखा, स्टोर र प्रशासनमा कार्यरत कर्मचारीबीचको मिलेमतोमा चालु बजेटमा विनियोजित अर्बौं रुपैयाँ लुटिएको हो ।

गत शुक्रबार (असार २२ गते) एकै दिन १० अर्ब रुपैयाँ चालु खर्चअन्तर्गत भुक्तानी दिइएको छ । सरकारको लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आ.व. को सुरुदेखि जेठ अन्त्यसम्म चालु बजेटको खर्च दैनिक औसतमा १ अर्ब ८७ करोड रुपैयाँ हुँदै आएको थियो ।

यो खर्च असार १५ देखि दैनिक ३ देखि ४ अर्ब रुपैयाँ हुँदै आएकामा गत शुक्रबार भने एकै दिन १० अर्ब रुपैयाँ भुक्तानी भएको हो । वर्षका अघिल्ला दिनको तुलनामा असार १५ पछिको खर्च झन्डै ३ सय प्रतिशत बढी हो ।

गत शुक्रबार चालु खर्चअन्तर्गत (असार २२ मा) १० अर्ब रुपैयाँ भुक्तानी दिइएको छ । सोमबार दैनिक १०–१५ अर्ब रुपैयाँको चालु खर्चको भुक्तानी हुने खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर