NewsKoseli.Com

बन्ने नै भो बाहिरी चक्रपथ ? चिनियाँ कम्पनीले ल्यायो निर्माणको प्रस्ताव…

 

बहुप्रतीक्षित बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ कम्पनीले प्रस्ताव गरेको छ । चिनियाँ निर्माण कम्पनी ‘साउथ चाइना ओभरसिज डेभलपमेन्ट कम्पनी’ ले बाहिरी चक्रपथ निर्माण गर्न प्रस्ताव गरेको उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न बाहिरी चक्रपठको अवधारणा ल्याइएको हो । यसअघि नै चीन सरकारले बाहिरी चक्रपथको सडक निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको थियो ।

चिनियाँ निर्माण कम्पनीको एक प्रतिनिधिमण्डलले सहरी विकासमन्त्री महम्मद इस्तियाक राई र उपत्यका विकास प्राधिकरणका पदाधिकारीसँग भेट गरी बाहिरी चक्रपथ निर्माण गर्ने प्रस्ताव गरेको थियो । मन्त्री राईले अनुभवी र दक्ष निर्माण कम्पनीमार्फत बाहिरी चक्रपथ निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेको खबर सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर